V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

बैंक अफ काठमाण्डूले ल्यायो बिओके स्मार्ट सेभिङ्स अकाउन्ट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके स्मार्ट सेभिङ्स अकाउण्ट सार्वजनिक गरेको छ । ‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।

उक्त बचत खाता ग्राहक महानुभावहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुनेछ । यस बचत खाता खोल्दा ग्राहक महानुभावहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, बिओके इ–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नुहुनेछ । थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010