बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृतमा मास्के नियुक्त
बैंक अफ काठमाण्डु लिमिटेड (बिओके) बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो । नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले विगत ३ महिना अघिदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गर्दै आएका थिए ।
मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ । जसले उनलाई बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा स्थापित गराएको छ ।
नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराए ।
प्रकाशित समय २१:४२ बजे


















