MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

बिओकेका कार्ड बाहकहरुलाई स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्मको नगद फिर्ता हुने

बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)को डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन् । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्ने भएका हुन् ।

बैंकको कार्डबाहकहरुले यस अफरबाट आफूाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुभएमा २० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगद फिर्ता पाउने छन् । स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु