1100×100 Nabil Advert

नबिल बैंक “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको TSCFP द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत् बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दीगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ । एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा त्क्ऋँए सँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रकाशित समय १७:३१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु