1100×100 Nabil Advert

हिमालयन बैंकद्वारा महानगरीय प्रहरी वृत्त बानेश्वरलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नयाँ बानेश्वरको तीनकुनेमा रहेको वृत्तलाई ती कम्प्युटरहरु हस्तान्तरण गरेको हो ।

 

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैंकले रुपैयाँ एक लाख दश हजार मूल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो । बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीमबहादुर लामालाई एक समारोह बीच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।

प्रकाशित समय १२:३८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु