MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

भृकुटीमण्डपको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’मा उपभोक्ताहरुको भीड बढ्दै

काठमाडौंको । भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले सञ्चालनमा ल्याएको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’ मा उपभोक्ताहरुको भीड बढ्न थालेको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो मूल्यमा जुत्ता–चप्पल पाएपछि मेलामा ग्राहकहरुको आकर्षण चुलिएको हो । भृकुटीमण्डपको गेट छिर्नेबित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड केटीएम सुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, फुटमाण्डु सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढी आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक प्रमोद महतोले जानकारी दिए । यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला सञ्चालन गरेको समूहले नै दशैं सहुलियत मेला आयोजना गरेका हुन् । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला सञ्चालनमा ल्याएका छौं’ महतोले भने ।

बजारमा सस्तो जुत्तालाई पनि महँगो मूल्य राखेर उपभोक्तलाई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यती नै मूल्य राखिदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका इमाडोलका रविन डंगोलले बताए । एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ता चप्पल उपभोत्ताले छानी–छानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ । ‘नेपाली जुत्ता चप्पल पनि यति राम्रा र गुणस्तरीय हँुदारहेछन् भन्ने यही मेलामा आएर देखेपछि बल्ल थाहा पाएँ’ मेलामा साथीसँग घुम्न आएका भक्तपुरका विमल कार्कीले भने–‘सस्तो मूल्यमा राम्रा राम्रा जुत्ता पाएपछि परिवारका अरु सदस्यलाई पनि जुत्ता लगिदिन छानिरहेको छु ।’

कोरोनाले तहसनहस भएको व्यवसायमा यो मेलाले केही आशाको सञ्चार जगाएको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनी छानी–छानी जुत्ता खरिद गर्नका लागि मेला उपर्युक्त भएको छ । ‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मूल्यभन्दा कम पैसामा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल बिक्री–वितरण गरिरहेका छौं, यसको उद्देश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजक जीवन श्रेष्ठले बताए । नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी–खोजी प्रयोग गर्न थालेका छन् ।

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु