Nabil add_1100x100
GIBL 1000 x 100

आइएमईले ल्यायो दशैंको अवसरमा डबलको डबलको डबल अफर

साप्ताहिक, मासिक र बम्पर उपहार साथै आकर्षक बोनस समेत पाइने

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । अफरअनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ ।

 

अफर सार्वजनिक कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईप्रति आम सेवाग्राहीहरूले देखाउँदै आउनुभएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउने प्रतिवद्धता व्यक्त गर्दै समयसमयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राहीबीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । आइएमईका महाप्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले अफरको विषयमा प्रकाश पार्दै कम्पनीले समय–समयमा प्रस्तुत गर्ने अफरहरूलाई आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्‍याउन व्यावसायिक साझेदारहरूको महत्वपूर्ण भूमिका हुने जनाउनुभयो । त्यस्तै आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले सञ्चालन गरेको भरोसा कोषको स्मरण गर्नुभयो ।

 

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने छ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनु हुनेछैन । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिशमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने छ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहीत हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिने आइएमई लिमिटेडले जनाएको छ ।

प्रकाशित समय २२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु