1100×100 Nabil Advert

कालिमाटी तथा माछापोखरीमा बिओकेको क्यूआर कोड सेवा

बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)द्वारा आफ्नो डिजिटल कारोबार (क्युआर कोड) विस्तारित गर्नेक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवाको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलबाट उद्घाटन भएको हो । उक्त शुभारम्भ कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरे । उक्त कार्यक्रममा सम्बोधन विभागका कार्यकारी निर्देशक भुवन कँडेलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा सम्बोधन गर्दै बिओकेका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले यस नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडि बढाइरहेको जानकारी गराए । साथै उक्त कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंसा तथा धन्यवाद ज्ञापन गरे ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १७:२९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु