Health_Web_Ad

उद्यमी ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास महाराजगञ्जमा आयोजित विभूषण सुशोभन विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा ढकाललाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो । नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूतसमेत रहेका प्रतिष्ठित उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनांै क्षेत्रमा लगानी रहेको छ ।

प्रकाशित समय १७:३८ बजे

nlic_281px150pxl_1.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु