MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

ग्लोबल आइएमई बैंकद्वारा आठवटा शाखारहित बैकिङ सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न आठ नयाँ स्थानमा शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएकोछ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यी शाखारहित बैकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैकिङ सेवा संख्या २५३ पुगेको छ । बैंकले ईलामको ईलाम नगरपालिका–१ नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका–२, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाउँपालिका–१ थुमन, तनहूँको भानु नगरपालिका–११ टुहुरेपसल, कैलालीको जानकी गाउँपालिका–७ मिलनचोक, लमजुङको सुन्दर बजार नगरपालिका–१० कोइरालाफाँट, बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका–६, रतनमारेमा शाखारहित बैकिङ सेवा सञ्चालनमा आएका छन् ।


शाखारहित बैकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप, खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दाले बैकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैकिङ सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखारहित बैकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु