V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वि च्याट पे सेवा

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पर्यटकिय स्थलएंवगौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वि च्याट पे शुरु गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथामाया देवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्युआर कोडको माध्यमबाट भुक्तानी गर्न सक्नुहुनेछ ।
डिजिटल बैकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, सपिङ्ग कम्प्लेक्सलगायतमा क्युआर कोड सेवा प्रदान गर्दै आएकोमा अन्य क्षेत्रहरु पहिचान गरी डिजिटल सेवा प्रदान गर्दै जाने उद्देश्यले लुम्बिनीमा उक्त सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा सञ्चालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्युआर कोड तथा वाह्य पर्यटक त्यसमा पनि विशेषगरी चाइनिज पर्यटकले वि च्याट पे को माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालमात्र नेपाली कमर्शियल बैकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैकिङ सेवा, इन्टरनेट बैकिङ सेवा, अनलाईन मार्फत खाताएंव मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु ग्राहकमाझ ल्याइसकेको छ ।

प्रकाशित समय २०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010