1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

एनआईसी एशियाले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी शाखामार्फत् सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले शेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काईस (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको पूँजी वृद्धिको प्रस्तावसमेत पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ पुगेको छ ।

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु