V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सिटिजन्स बैंकको अध्यक्षमा भण्डारी, सञ्चालकमा पाण्डे

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन् । आजै सम्पन्न बैंकको साधारणसभाबाट भण्डारी सञ्चालकमा निर्वाचित भए भने प्रवलजंग पाण्डेसमेत सञ्चालक बन्न सफल भए । त्यसैगरी साजन शर्मा र सीता कार्कीसमेत सञ्चालकमा चयन भए ।

लगत्तै सञ्चालक समितिको बैठकले भण्डारीलाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको हो । उनी आठ महिना अघिसम्म सोही बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । प्रवलजंग पाण्डे उद्यमी प्रदिपजङ्ग पाण्डेका छोरा हुन् । सजन शर्मा पूर्व सञ्चालक डोलराज शर्माका छोरा हुन् । त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट महिला सञ्चालक सीता कार्की चुनिएकी छिन् ।
बैंकको १३औं साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ करोड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख बराबरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले गत असार मसान्तसम्ममा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । हाल बैंकले ८२ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखारहित बैकिङ एकाईहरुबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010