V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

प्रभु बैंकले दशैंमा समेत सेवा उपलब्ध गराउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले विजया दशमीको एक दिनबाहेक सबै दिन बैंक खोल्ने भएको छ । नेपालीहरुको महान चाड दशैंमा ग्राहकहरुलाई समस्या नहोस् भन्दै असोज २१ गते एक दिनमात्र बन्द गर्ने भएको छ । बैंकले नवमीसम्म उपत्यकाभित्रका बबरमहलस्थित मुख्य शाखा कार्यालयसहित कमलादी, जावलाखेल, गोंगबु, खिचापोखरी, सूर्यविनायक, कोटेश्वर, कालिमाटी र बौद्धस्थित शाखा कार्यालयहरु असोज १८, १९ र २० गते पनि खुला रहने जनाएको छ । कमलादी शाखा टीकाको भोलिपल्ट पनि खुला रहनेछ । यी कार्यालयहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । त्यसैगरी उपत्यका बाहिरका जनकपुर, इटहरी, नारायाणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड पोखरा, नेपालगन्ज, कलैया, वीरगन्ज, विराटनगर, बागलुङ र धनगढी शाखाहरु पनि असोज १८, १९ र २० सम्म खुला रहने बैंकले सूचनामार्फत् जनाएको छ । यीमध्ये जनकपुर, इटहरी, दमक, सिरहा, न्यूरोड पोखरा शाखाहरु भने टीकाको भोलिपल्टदेखि नै खुल्ला रहनेछन् । दशैंमा अधिकतम १ लाख रुपैयाँसम्मको चेक भुक्तानी, ५० हजारसम्म रेमिट्यान्स रकमको भुक्तानी गर्ने जनाएको छ ।

प्रकाशित समय २०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010