प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब नाघ्यो
काठमाडौं । बीमा सेवा प्रदायक कम्पनीहरुको नियामक निकाय बीमा समितिले दिएको निर्देशनको कार्यान्वयन गर्दै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी पु-याएको छ । कम्पनीको हालै सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत बोनस शेयरको प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघेको हो । कम्पनीको विशेष साधारणसभाले हालको चुक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनश शेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । अब कम्पनीको चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । विशेष साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांशसमेत पारित गरेको छ ।
कम्पनीले सातैवटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी १४० भन्दा बढी स्थानबाट सेवा दिइरहेको छ । कम्पनीले विभिन्न १६ किसिमका जीवन बीमा लेखहरु प्रचलनमा ल्याएको छ । २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बीमालेख बिक्री गरी कूल १५ अर्ब ३१ करोड बीमाशुल्क संकलन गरेको छ । जीवन बीमा कोषको आकार ८ अर्ब ९० करोड पुगेको कम्पनीले जनाएको छ ।
प्रकाशित समय ०८:५६ बजे





















