वातावरण संरक्षणका लागि महालक्ष्मी बैंकद्वारा वृक्षारोपण

महालक्ष्मी विकास बैंक लिमिटेडले वातावरण संरक्षणमा सहयोग पु-याउन वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको महाराजगंज शाखा र तुलसीपुर शाखाले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रmम सञ्चालन गरेका छन् । महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडांै महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्यूरो अस्पतालसम्म वृक्षारोपण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संयुक्तरुपमा वृक्षारोपण गरी सोही वडाका अध्यक्ष दिपक केसी र बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेद्वारा गरिएको थियो । महानगरपालिका हरियाली प्रवद्र्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले बैकले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो । त्यस्तै बंैकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि वृक्षारोपण गरेको हो । बैकका दुई शाखाद्वारा कल्की, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका विरुवा वृक्षारोपण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरेको हो ।
प्रकाशित समय ०८:१७ बजे