V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७८। ०७९ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

यसैगरी, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताए ।

प्रकाशित समय १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010