महिलाहरु उद्यमी बन्नु र बनाउनुपर्यो : कमला श्रेष्ठ (भिडियोसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा वस्तुगततर्फ महिलाको प्रतिनिधित्व गर्दै कमला श्रेष्ठ केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको छ । महिलाहरुलाई चुलोचौकोमा मात्र सीमित नराखी उद्यमी बनाउने उहाँको उद्देश्य छ । महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउनु, महिलाहरुले पनि केही गर्न सक्छन् है, नीति निर्माणमा पनि महिलाहरुको सहभागिता बृद्धि गर्नुपर्छ भन्ने उहाँको उद्देश्य छ । आशन्न महासंघको निर्वाचनमा वस्तुगततर्फ केन्द्रीय सदस्यको आफ्नो उम्मेदवारी किन र केका लागि भन्ने विषयमा कमला श्रेष्ठ भन्नुहुन्छ– अहिले नेपालको देशको परिस्थिति एकदम विकराल छ । यो सबैलाई जानकारी भएकै कुरा हो । सबै जगनजाहेर नै हो ।
मैले के भन्न चाहन्छु भनेदेखि अहिले जुन भूकम्पपछि कोभिड, कोभिडपछिको अहिले इकोनोमिक स्थिति डामाडोल भएको अवस्थामा हामी सबै व्यवसायीहरु धरापमा नै छौं । त्यसैले अहिले यो महिलाको प्रतिनिधित्व गर्दै म एफएनसीसीमा आएको अवस्था छ । महिलाको प्रतिनिधित्व भन्नाले ५१ प्रतिशत भन्ने अवस्थामा उद्योग वाणिज्य महासंघमा ३ प्रतिशत पनि महिलाहरुको उपस्थिति देखिएको अवस्था छैन । यसैले गर्दाखेरी महिलाको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य महासंघमा उम्मेदवारी दिइरहेको छु । अहिलोको टड्कारो विषय भनेको चाहिं महिलाहरुकै हिसाबले लिने हो भनेदेखि विना धितो, विना व्याज ऋण उपलब्ध गराइयो भनेदेखि महिलाहरुलाई चारदिवारीबाट बाहिर निकालेर उद्यमी बनाउने मेरो उद्देश्य हो ।
महिलाहरु चुलो चौकोमा मात्र सीमित हुनुहुँदैन । उहाँहरुले उद्यमी व्यवसायी एउटा डिसिजन पावरमा पनि बस्नुप¥यो । उहाँहरु पोलेसी मेकरमा पनि बस्न सक्नुपर्छ । उहाँहरुको चाहिने त्यो क्षमता छ भन्ने कुराहरु देखाउनको लागि पनि हामीहरु अगाडि बढ्नैपर्ने हुन्छ । जबसम्म आर्थिकरुपमा महिलाहरु सशक्त हुन सक्दैनन्, तबसम्म देशको इकोनोमीमा कुनै पनि टेवा पुग्न सक्छ जस्तो मलाई लाग्दैन । मैले भन्नुपर्दा मेरो उम्मेदवारी किन भन्दाखेरी अहिलेको परिस्थितिमा पछिल्लो समय हेर्दा अलिकति धेरै नै अग्रसर भइसकेको छ । धेरै अगाडि बढिसकेका छन् महिलाहरु । किनकि हामीले नै अग्रजको रुपमा अगाडि भूमिका खेल्दै आइरहेका छौं र उहाँहरुलाई बाटो पनि देखाउँदै आइरहेका छौं । पछिल्ला समयमा भन्दा अहिलेको समयमा महिलाहरु अग्रणी भूमिका निभाएको, निर्वाह गरिरहेको भएर अझ यसलाई सिनियर, एउटा अग्रज, अझ धेरै पुरानो समयदेखि व्यवसायमा सम्बन्ध गाँसिरहेको कारणले गर्दाखेरी अब मैले चाहिं विशेषगरी म व्युटीशियन सेक्टरमा पनि हुँ । मैले यो सेक्टरमा धेरै काम गरें । जस्तो मैले भ्याटलाई हटाएँ । जस्तो ९ देखि १२ सम्म शिक्षा एनके सौन्दर्य शास्त्र भनेर यो सौन्र्दय शास्त्र ९ देखि १२ सम्म पनि लगेको छ । र, यसलाई अब म यूनिभर्सिटीसम्म लैजाने मेरो ठूलो उद्देश्य पनि रहेको छ ।
प्रकाशित समय १०:५८ बजे