V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

मुलुकको अर्थतन्त्र सुधारोन्मुख र वित्तीय क्षेत्र सुरक्षित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रलाई सानो धक्काले असर नगर्ने बताएका छन् । उनले पुँजी पर्याप्तता पनि बढी नै रहेकोले मुलुकको अर्थतन्त्र जोखिममुक्त रहेको प्रष्ट पारेका छन् । चालु आर्थिक वर्ष २०७९।०८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र वित्तीय क्षेत्र सुरक्षित भएको दावी गरेका हुन् ।

 

उनले भने, ‘रेमिट्यान्सको सन्र्दभमा उल्लेख्य रुपमा बढेको र पछिल्ला चार महिना १ खर्व भन्दा बढि रेमिट्यान्स नेपालमा भित्रिरहेको अवस्था छ । गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ । शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ ।’ २०७९ मा ‘क’ वर्गका वित्तीय संस्थाहरु वाणिज्य बैकको पूँजी प्राप्त १३ दशमलव ०.१ प्रतिशत रहेको छ । ‘ख’ वर्गको विकास बैंकहरुको १२ दशमलव ७१ प्रतिशत र ‘ग’ वर्गको फाइनान्स कम्पनीको १७ दशमलव ०.५ प्रतिशत रहेको छ ।

 

गभर्नर अधिकारीले विदेशी विनियमको सञ्चिति पनि बढ्दै गएको बताए । विदेशी विनिमयको सञ्चिति बढेर फागुनसम्म १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको जानकारी पनि उनले दिए । उनले भने ‘ गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमयको सञ्चिति ८ महिनाको अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको छ । जस्ले साढे नौ महिनाको आयात धान्न सक्ने अवस्था छ । अर्थतन्त्र प्रतिकुल अवस्थामा रहँदा पनि निरन्तरता दिने उद्यमी व्यवसायी र निरन्तररुपमा सेवा प्रवाह गर्न नचुक्ने बैकिङ्ग क्षेत्रको कार्यबाट नेपालको अर्थतन्त्र सुरक्षित रहेको बताए ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010