एन आई सी एशिया बैंकका ग्राहकहरुलाई इन्द्रप्रस्थ मेडिकल अपोलो हस्पिटलमा विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गर्नुभएको छ ।
यस बैंकका ग्राहकहरुले इन पेसेन्ट रुम चार्ज, प्रिभेन्टीभ हेल्थ चेक प्याकेज र एटेन्डीस हेल्थ चेकअप सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुने छ र आउटपेसेन्ट इनभेष्टीगेशनमा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको छ । साथै, कम्प्लीमेन्ट्री रजिष्टे«शन फी, एक्सेस टु इन्टरनेशनल पेसेन्ट लन्जजस्ता सुविधाहरु समेत उपलब्ध हुनेछन् ।
यसैगरी, काठमाडौं स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत अपोइटमेन्ट लिने बैंकका ग्राहकहरुलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल-हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ । उक्त सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहुलियत हुने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय १७:५० बजे




















