1100×100 Nabil Advert

फेदीखोला हाईड्रोपावरले शेयर निस्काशन गर्ने

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभामा श्रावण ३० गते शुक्रबार डिडिआई बैक्वेट बुद्धनगरमा सम्पन्न भएको छ ।साधारणसभमा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मेगावाट वि.सं. २०८२ पौष अन्तिम सम्ममा सम्पन्न गर्ने जानकारी दिएको छ ।

 

साधारणसभामा आयोजनाको निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल श्रावण १५ गतेको बाढीको कारणले ४ करोड लागत वृद्धी भई ९८ करोड लाग्ने र जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात ५० करोड राष्ट्रिय वाणिज्य बैकबाट ऋण स्वरुप जुटाइएकोसमेत कम्पनीले जानकारी दिएको छ ।

 

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थप गरी ७० करोड पुर्‍याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि संचालक समितिलाई अख्तियारीसमेत दिएको छ । यसैगरी साधारणसभाले वन्डर्स ईनर्जी प्रा. लि. (खिम्ती घ्वाङ्ग खोला ज.वि.आ. ९ मे.वा.) मा रु. ५ करोड लगानी गर्ने प्रतिवद्धतासहित १ करोड र इस्र्टन ईनर्जी प्रा.लि. ( ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा रु. १५ करोड लगानी गर्ने प्रतिवद्धतासहित २ करोड ५० लाख गरेको लगानी पारित गर्दै थप लगानी गर्ने समेत निर्णय गर्दै कम्पनीको मुख्य लगानीमा वि.सं. २०९० सालभित्रमा कम्तीमा १०० मे.वा. क्षमताको आयोजना अगाडि बढाउनेसमेत निर्णय गरेको छ ।

 

साथै कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा अगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूहबाट ३ जना चन्द्रप्रसाद बास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित समय २२:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु