1100×100 Nabil Advert

नाडाको प्रदर्शनीका लागि फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगे

काठमाडौं । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल गर्वका साथ घोषणा गर्दछ कि भविष्यको मोबिलिटी प्रतीक डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षितरूपमा काठमाडौं आइपुगेका छन् ।

 

यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन् । १७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनीमात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ । २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म (१९-२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुने प्रदर्शनी फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्र रोबोट्स्ले पनि अझ विशेष बन्नेछ ।

प्रकाशित समय २१:२२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु