1100×100 Nabil Advert

गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

wfr]{ cfwf/e"t c:ktfnsf] gjlgld{t ejg uf]/vf, ^ dªl;/ M ljs6 pQ/L uf]/vfsf] wfr]{ ufpFkflnsf–#, l:yt vf]nf{a]zLdf lgdf{0f ;DkGg ePsf] kfFr z}ofsf] wfr]{ cfwf/e"t c:ktfnsf] gjlgld{t ejg . ufpFkflnsf / l:jh/Nof08sf] cy{ ;L Po/ gfds ;+:yfsf] cfly{s ;fem]bf/Ldf s'n @ s/f]8 @* nfvsf] nfutdf ejg lgdf{0f ul/Psf] xf] . tl:j/ M bLks >]i7÷/f;;

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कूल दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।’ नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो ।

प्रकाशित समय १०:२७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु