1100×100 Nabil Advert

सलिकोद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । वीरगञ्जमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस तालिमको उद्देश्य सलिको मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनु रहेको छ ।

उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत श्रीमती बरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख श्रीमती प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने रहेका थिए ।

तालिम प्रशिक्षकहरुमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागका सुबिन्द्र डंगोल, अण्डरराइटिङ्ग विभागका भास्कर भुजेल र श्रीमती सिमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरुले विभिन्न क्षेत्रका समसामायिक बिषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए ।

मुख्य अथिति श्रीमती प्रीती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पार्नु भयो । उहाँले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरुको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिनुभयो । यस इनहाउस तालिममा मधेश प्रदेशका विभिन्न शाखाबाट आएका कर्मचारीहरूले सक्रिय रुपमा भाग लिएका थिए, जसले सबै सहभागीहरुलाई समग्र रुपमा सिक्ने अवसर प्रदान गर्‍यो ।

प्रकाशित समय २१:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु