1100×100 Nabil Advert

एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगद सम्मान प्रदान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो । उनको अभूतपूर्व उपलब्धिको सम्मानमा बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गर्नुभएको थियो ।

पलेशाको उपलब्धि र नेपालमा खेलकूदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तान्तरण गरिएको थियो । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २०:२६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु