1100×100 Nabil Advert

लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताउनुभएको हो । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने बताउनुभयो ।

यसैगरी साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढ्न नसक्ने पनि उहाँले बताउनुभयो । साना उद्यमीको अधिकारको विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । यसैगरी अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको जानकारी गराउँदै दीगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने वताउनुभयो ।

साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताउनुभयो । साथै उहाँले नेपालले हालै लगानी सम्बन्धी आठ वटा कानूनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भैरहेको समेत बताउनुभयो । उहाँले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

प्रकाशित समय २०:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु