1100×100 Nabil Advert

पर्वको अवसरमा गरिमा क्यापिटलले ल्यायो ‘बम्पर दशैं तिहार अफर’

काठमाडौं । ‘हरेक नेपाली शेयरधनी’ भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ ।

गरिमा क्यापिटल लिमिटेडले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्मका लागी ‘बम्पर दशैं तिहार अफर’ आयोजना गरेको छ । यो योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकहरुले स्मार्ट वाच जित्न सक्नुहुनेछ ।

यसको लागि २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ । ग्राहकहरुले यो अफर अन्र्तगत खाता खोल्न कमलपोखरी, काठमाडौं स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सकिने जनाएको छ ।

प्रकाशित समय २१:०८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु