1100×100 Nabil Advert

कुमारी बैंक र इसेवाबीच दुई लाखसम्मको ‘इजी लोन’ सुविधाका लागि सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत ‘इजी लोन’ सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झट रहित क्षणभरमै २ लाखसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ‘इजि लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराइने इसेवाले जनाएको छ । इसेवा माफत लिइने ‘इजि लोन’ सुविधामा लागू हुने थप शर्तहरु बारे इसेवाको वेबसाईट-एपमार्फत् जानकारी लिन सकिनेछ ।

विगत २३ वर्षदेखि निरन्तर बैकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत् ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १८:५७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु