1100×100 Nabil Advert

असार मसान्तभित्र ऋण भुक्तान गरेमा एनआइसी बैंकका कर्जा ग्राहकहरुले व्याज छुट पाउने

काठमाडौं । असार मसान्तसम्म कर्जा भुक्तान गरेमा एनआइसी एसिया बैंकले ब्याजमा छुट दिने योजनालाई अगाडि बढाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सञ्चालित एनआईसी एशिया बैंकले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत विभिन्न छुट दिने योजना ल्याएको छ । जसअनुसार भाखा नाघेको ९१ दिनदेखि १८० दिनसम्मलाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भएको भए ३५ प्रतिशत छुट दिने उल्लेख गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ-आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको उल्लेख छ ।

प्रकाशित समय २१:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु