1100×100 Nabil Advert

सलिकोले गर्‍यो आगलागीपीडितलाई राहत सामाग्री वितरण

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा चीरपरिचित तथा विश्वासिलो नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) व्यवसायिक दृष्टिकोणबाट मात्र अब्वल नभई समाजप्रतिको दायित्व निर्वाहमा समेत अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीले विगतदेखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ ।

२०८१ साल वैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका १ चिम्टीमा आगलागीका कारण प्रभावित ६६ घर-परिवारलाई कम्पनीले आफ्नो लाहानस्थित शाखा कार्यालयमार्फत् २ लाख बराबरको खाद्यान्नलगायतका राहत सामाग्रीहरु वितरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिनुभएको छ । साथै उहाँले राहत वितरण कार्यक्रम कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीयहरुको उपस्थितिमा राखिएको जानकारीसमेत गराउनु भएको छ ।

प्रकाशित समय २०:०७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु