1100×100 Nabil Advert

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तारमा जोड

काठमाडौँ । नेपाल-भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ । ‘एसोसिएसन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेसन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’ द्वारा आइतबार काठमाडौैँमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट-२०२४’ का अवसरमा सहभागी वक्ताहरुले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्नसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा भारत-नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षाैंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र साहित्यिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सीमापार आवतजावतमा कुनै प्रतिबन्ध नहुनुले आपसी सम्बन्धमा प्रगाढता रहेको बताउनुभयो ।

कार्यक्रममा हाल नेपालमा बस्दै आएका बेलायती नागरिक गारी देला पोमेराइ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव रामप्रसाद सुवेदी, ‘इडियु टेक नेपाल’का अध्यक्ष मदन दाइना सिलवाललगायतले आर्थिक समृद्धिका सवालमा आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भारतको विहारस्थित ‘हबी बेल्स–आइसक्रिम वैशाली’का प्रबन्ध निर्देशक शत्रुधन चौधरीलाई ‘गोल्ड स्टार एसिया इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको थियो ।

प्रकाशित समय १०:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु