1100×100 Nabil Advert

नेपाल बीमा प्राधिकरणबाट विदा भए कार्यकारी निर्देशक पौडेल

ललितपुर । नेपाल बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक र सहायक निर्देशक विदा भएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेल, निवर्तमान निर्देशक दिनेशकुमार लाल, निवर्तमान उपनिर्देशक कुसुम शर्मा र निवर्तमान सहायक निर्देशक सुनिताकुमारी कार्कीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गर्नुभयो ।

निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल जेठ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गर्नुभई अनिवार्य अवकाश हुनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताउनुभयो ।

अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गर्नुभयो । प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीहरूले सामूहिकरूपमा काम गर्नुपर्ने समेत बताउनुभयो ।

प्रकाशित समय १६:४० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु