1100×100 Nabil Advert

इमान केन्द्रीय सदस्यमा आचार्य र थापा थपिए

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को केन्द्रीय कार्यसमिति सदस्यमा डिआर आचार्य र मनोज थापा मनोनित भएका छन् । गत शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आचार्य र थापालाई रिक्त कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । आचार्य नेपाल प्रोफिट डटकमका सञ्चालक तथा सम्पादक र थापा अर्थ नेपाल डटकमका सञ्चालक तथा सम्पादक हुन् । मनोनित भएको पत्र आइतबार इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरे ।

इमान कार्यसमितिमा अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, उपमहासचिव टंक कार्की, सचिव प्रकाश अर्याल र कोषाध्यक्षमा अमिर लामा रहेका छन् । संस्थाको कार्यसमिति सदस्यमा अप्सरा गौतम, उत्सव ढकाल रहेका थिए, अब डिआर आचार्य र मनोज थापा थपिएका छन् ।

इमानले प्रदेश स्तरमा समेत आफ्नो च्याप्टर बनाउन सुरु गरेको छ । हाल कोशी प्रदेशमा सञ्जीव वाग्लेको अध्यक्षतामा प्रदेश समिति बनेको छ भने अन्य प्रदेशमा चाडै गठन गर्ने इमानको तयारी रहेको छ ।

प्रकाशित समय १६:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु