1100×100 Nabil Advert

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उदघाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिइन् ।

उनले भनिन्,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिल सम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौं । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’

उनले विज्ञापन नियमावलीमा संसोधन गरिएको भएतापनि नियमावलीमा मात्रै संशोधनले नपुसग्ने अवस्था देखिएको बताइन् । विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उनको भनाई छ ।

उनले भनिन, ‘विज्ञापन नियमावलीमा संसोधन गरिएको छ । तर विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ । ऐन नै संसोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौं । विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन वोर्डको बीचमा भन्दा विज्ञापन वोर्डले आवश्यक परे प्रयोग गर्न सक्नेगरी हामीले व्यवस्था गरेका छौं ।’

 

प्रकाशित समय ११:५८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु