1100×100 Nabil Advert

खोटाङमा बृहत निःशुल्क आँखा शिविरबाट पाँचसय बढी लाभान्वित

खोटाङ । खोटाङ जिल्लामा दुई दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरिएको छ । शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत् रूपमा शिविरको आयोजना गरिएको कारण पनि जिल्लाका विभिन्न पालिका तथा टाढा टाढाका बस्तीहरूबाट समेत सर्बसधारणले सहभागिता जनाएका थिए ।

आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गरेको शिविरमा संलग्न चिकित्सकहरूले जनाएका छन् । दुईदिने शिविरमा ५ सय पन्ध्र जना सर्बसधारणको आँखा जाँच गरिएको थियो । जसमध्ये १ सय ९६ जना पुरुष तथा ३ सय उन्नाइस जना महिला रहेको नवदृष्टि आइका वरिष्ठ नेत्र विशेषज्ञ डा.विजय गौतमले बताए ।

शिविरमा ४५ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो । बिरामीहरूलाई शिविरमै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरका लागि इटहरी स्थित नवदृष्टिबाट तेह्र जना नेत्र विशेषज्ञ सहितको टोली र फेमिली केयर अस्पताल खोटाङका डा.केके राईसहितको टोली शिविरमा संलग्न भएको थियो । शिविर समापनको अवसरमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगरप्रमुख तीर्थराज भटराई,उपप्रमुख बिसन राई समेतले यसरी ग्रामीण क्षेत्रमा आएर सर्वसाधारणलाई सेवा प्रदान गरेको भन्दै आभार प्रकट गरेका थिए ।

प्रकाशित समय ११:३२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु