1100×100 Nabil Advert

उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा.रामकुमार फुयाल, सचिव डा.तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ । बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३ सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।

प्रकाशित समय १२:५६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु