कृषि विकास बैंकको साधारणसभा फागुन ३० मा हुने
काठमाडौं । कृषि विकास बैंकको साधारणसभा यही फागुन ३० गते हुने भएको छ । बैंकले फागुन ३० गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा साधारणसभा गर्ने भएको हो । बैंकले साधारणसभा प्रयोजनको लागि फागुन १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
साधारणलभाबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव, ईक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचीहरू लगायत वार्षिक आर्थिक विवरणहरू छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरू कोष व्यवस्थापन कम्पनी लि. तथा गोवर ग्याँस कम्पनीको आ.व. २०७९/०८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकहरूलाई यस बैंकको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने लगायतका प्रस्तावहरु पारित गर्ने कार्यक्रम रहेको बैंकले उल्लेख गरेको छ ।
प्रकाशित समय १४:३९ बजे




















