1100×100 Nabil Advert

अल्टिमाको नयाँ प्रडक्टमा आइएमई पेमार्फत भुक्तानीमा छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यहि माघ महिना देखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु.१ खेल शुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु.१ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नुहुन्छ ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट (अल्टिमा बुम १६१ क्यूमा पनि आइएमई पे मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४, २०८० देखि माघ ८, २०८० सम्म अल्टिमा बुम १६१ क्यू खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट ९ रु. १५० सम्म पनि प्राप्त गर्न सक्नुहुन्छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमइ डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली (२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफंैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।

प्रकाशित समय १६:५४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु