1100×100 Nabil Advert

बक्स अफिस र ग्लोबल एक्ट्रेस फेडेरेशनको अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न

फुकेट । बक्स अफिस इन्टरनेसनल ग्रुप र ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ) ले थाइल्यान्ड, सिंगापुर र मलेसियामा आफ्नो २३औं अन्तर्राष्ट्रिय कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाले हरेक दुई महिनाको अन्तरालमा आफ्ना आजीवन सदस्य, सदस्य र शुभचिन्तकहरुलाई रमाइलो अन्तर्राष्ट्रिय भ्रमण आयोजना कार्यक्रम राख्दै विविध अनुभव प्रदान गर्दै आएको छ । संस्थाले पौष १९ गतेदेखि आयोजना गरेको ११ दिनको नयाँ गन्तव्यमा थाइल्यान्डको पतैया, बैंकक, फुकेट, फिपि आइल्यान्ड, सिंगापुर र मलेशियाको ग्यान्टी हाइल्यान्डसम्मको रमाइलो यात्रा पूरा गरेको हो ।

संस्थाले विश्वकै टप आइल्याण्ड फिपि आइल्याण्डमा स्वार पानीजहाजमा एक औपचारिक कार्यक्रम राखी ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ) का आजीवन सदस्य वितरण कार्य सम्पन्न गरेको छ । उक्त ऐतिहासिक पर्यटकीय स्थानमा व्यावसायी प्रभुराम कार्की, राजनीतिकर्मी इन्दिरा थापा, व्यवसायी समाजसेवी जुनाकुमारी श्रेष्ठ, व्यवसायी तथा समाजसेवी आश्मा राउत क्षेत्री, मोहोनलाल केसी र दुर्गा केसीलाई छनोट गरी आजीवन सदस्यबाट सम्मान गरेको संस्थाका अध्यक्ष रामबहादुर सुवेदी (आरके) ले बताए ।

‘कहिल्यै खाली न बस तिमी, गर जे भएपनि गर्न चाहिं गर, तर सकारात्मक काम गर’ भन्ने संगठनको अभियानअन्तर्गत पर्यटन गन्तव्यमा ऐतिहासिक फिपि आइल्याण्डमा सफलतापूर्वक सम्पन्न भएको सो कार्यक्रम इतिहासको पानाहरुमा दस्तावेजसमेत बन्ने छ ।

विश्वकै उत्कृष्ट आइल्याण्ड फिपि आइल्यान्डमा ग्लोबल एक्ट्रेस फेडेरेशन ( विश्व कलाकार महासंघ) ले एक औपचारिक कार्यक्रम आयोजना गरी यस संगठन विस्तारमा सम्मानित हुने र सहभागी हुने विविध व्यक्तिहरुले गर्व महसूस गरेको बताए । अहिलेसम्म यो संस्थामा कुल १५ सय ९९ जना आजीवन सदस्यहरु जोडिसकेका छन् भने झण्डै १३ सय व्यक्तित्वहरुलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय भ्रमण गराई स्वदेश फर्काइ सबैको विश्वास प्राप्त गरेको छ ।

संस्थाले विदेशमा मात्रै होइन नेपालको ग्रामीण क्षेत्र, नगरदेखि राजधानीमा ब्याक टु ब्याक विविध कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रहरुलाई समेटेर अवार्ड शोमात्रै निर्धारित समयमा एक वर्षमा नियमित ५३ वटा गर्दै आएको छ । त्यसैगरी संस्थाले यही माघ २८ देखि युएईमा सप्ताहव्यापी कार्यक्रम राखेको छ भने पुन अर्को समूह थाइल्यान्ड, सिंगापुर, मलेशिया, बु्रनाइ, इण्डोनेसिया, बर्मा, चीन, हङकङ, जापान, रसिया, बेल्जियम र युकेसम्मको अन्तर्राष्ट्रिय कार्यक्रम तय गरेको संस्थाका अध्यक्ष सुवेदीले बताए ।

प्रकाशित समय १८:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु