1100×100 Nabil Advert

सुन्दर नगरी पोखरामा नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड–२०८० सम्पन्न

पोखरा । नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८० संस्करण देशको पर्यटकीय शहर पोखरामा भव्य सम्पन्न भएको छ । नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डको नयाँ संस्करण पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा पोखराको पामेमा सम्पन्न भएको हो । हरेक वर्ष बक्स अफिस इन्टरनेशनल ग्रुप र ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ)ले आयोजना गर्दै आएको नेशनल बक्स अफिस सर्ट फिल्म अवार्ड २०८० मा २२ जनाले चुमेका छन् ।

२०८० को सर्ट फिल्म अवार्ड बिजेताले यो वर्ष पनि आकर्षक ट्रफीसँगै हरेक विधामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यो वर्ष ७३ वटा सर्ट फिल्ममध्ये वरिष्ठ द्वन्द्व निर्देशक सुरेन्द्र शाहले निर्माण निर्देशन गरेको हाइस्कुल, रत्न बहादुर डंगोलको हार र पिवी थापाको आकृतिको अवार्डमा मुख्य वर्चश्व रह्यो । हरेक वर्ष पुरानो अंग्रेजी वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दै पोखराको पामेमा निरन्तर आयोजना गर्दै आएको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डमा मोफसलबाट निर्माण भएका छोटा फिल्म पनि प्रतिस्पर्धामा थिए । ७७ जिल्लाभरबाट छोटा फिल्महरुलाई पछि पार्दै मोफसल अभिनेतामा अर्जुन खड्का बदलाबाट सम्मानित भए । त्यसैगरी बदलाबाटै सर्वश्रेष्ठ द्वन्द्व विधामा राजेन्द्र ढकाल, सर्वश्रेष्ठ निर्देशक विधामा पोखराका संगम कायस्थ परिस्थितिबाट अवार्डबाट सम्मानित भए ।

वरिष्ठ निर्माता विनयराम श्रेष्ठ, कलाकार सरिता लामिछाने, निर्देशक निर्माता बाबू बलामी, गायिका सूर्यकला आचार्य, संगीतकार राजु खडका पाँच सदस्य जुरी रहेको अवार्डमा केन्द्रीय स्तरबाट निर्माण भएको विभिन्न सर्ट फिल्मलाई छिचल्दै सर्वश्रेष्ठ मेकअप शर्मिला सुनुवार– हार, सर्वश्रेष्ठ कथा राजेन्द्र ढकाल–मोहोनी, सर्वश्रेष्ठ लेखक विश्वनाथ तामाङ– मन, सर्वश्रेष्ठ सम्पादक जोन राई–हार, सर्वश्रेष्ठ छायाँकार श्याम तामाङ–आकृति, सर्वश्रेष्ठ चरित्र अभिनेता आरबी कटुवाल– माध्यमिक विद्यालय, सर्वश्रेष्ठ सहनायक गिल्डहसन (बिदेशी)– आकृतिबाट अवार्ड उचाल्न सफल भएका थिए ।
त्यसैगरी सर्वश्रेष्ठ नवनायिकामा प्रतीक्षा खडका–हार, सर्वश्रेष्ठ नवनायक हिमालजंग कटुवाल–माध्यमिक विद्यालय, सर्वश्रेष्ठ अभिनेत्री प्रिती रिजाल– आकृति, सर्वश्रेष्ठ अभिनेता प्रदिप बास्तोला–हार, सर्वश्रेष्ठ नवनिर्देशक सुमन खाँड–आकृतिबाट अवार्ड जित्न सफल भएका छन् । त्यसैगरी ७३ वटा सर्ट फिल्मलाई पाखा लगाउँदै सर्वश्रेष्ठ जुरी अवार्ड निर्देशक (सापटी काका) दिवाकर भण्डारी–इतिहासबाट अवार्डको हकदार भए । उनले सामाजिक दायित्व बहन गर्ने सर्ट फिल्म बनाएकाले यो विधाबाट सम्मान गरिएको थियो ।

सर्वश्रेष्ठ निर्देशक कृटिक्स अवार्ड जीवन शाहीले हारबाट हत्याएका छन् । उनले विशेषगरी युवा शक्ति किन बिनाकारण आत्महत्या गर्छ, आत्महत्याको जड के हो, अन्ततः मानिस सुन्दर जीवनबाट किन हार खान्छ ? त्यो विषयवस्तु उठाएकाले उनले ७३ वटा छोटा फिल्मलाई पछि पार्दै अवार्डसँगै नगद पनि जितेका हुन् ।

यो वर्षको आम जनसमुदायमै बृहत च्यारिटी शो हुँदै गरेको र थुप्रै ठाउँमा शोहरु भई बक्स अफिस कलेक्शन पनि राम्रै कारोबार गरेको माध्यमिक विद्यालयको निर्देशक सुरेन्द्र शाहले सर्ट फिल्म नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डमा २०८० संस्करणमा ७३ जना छोटा फिल्मका निर्देशकहरुलाई पछि पार्दै उत्कृष्ट निर्देशकको बाजी मारेका छन् । शाहले दर्जनौं सेलोलाइट फिल्ममा द्वन्द्व निर्देशनसँगै मजदुर, करणअर्जुन र ठूलेजस्ता सफल चलचित्र निर्माण निर्देशन गरेका छन् ।

२०८० को आसपासमा बनेको ७३ सर्ट फिल्मबाट सर्वश्रेष्ठ सर्ट फिल्म पिवी थापाले निर्माण गरेको आकृति उत्कृष्ट फिल्न छानियो । नवनिर्देशकको अवार्ड बिजेता सुमन खाँणले कोरोना महामारीको कठिन परिस्थिति र नेपाली नागरिकले बिदेश यात्रामा भोग्नुपर्ने मार्मिक र यथार्थ राष्ट्रिय मुद्दा उठाएकोले यो सर्ट फिल्म आकृतीलाई २०८० को सर्वोकृष्ठ सर्ट फिल्म घोषणा गरियो । अवार्ड कार्यक्रममा पोखराका गायक संगीतकार जी पुन, सामाजिक अभियन्ता माया गुरुङ, व्यवसायी मोडल अमूल्य रानामगर, रिलिज चलचित्र उपहार, देव बाणी र चित्राको निर्माण टिमलाई सम्मान गरिएको थियो । पोखराको गुरुङ समुदायको सुन्दर नृत्य र स्थानीय कलाकारहरुको आकर्षक सांगीतिक कार्यक्रमले अवार्ड झनै भव्य रह्यो ।

अवार्डलाई गरिमामय बनाउन संगीतकार निर्माता दिपक रमण, निर्माता वितरक केदार पराजुली, निर्देशक रिम विश्वकर्मा, कलाकार हरिचन्द्र फुयाँल, केदार खडका, व्यवसायी रामशरण श्रेष्ठ अवार्डमा अथितिको रूपमा पोखरा पुगेका थिए भने स्थानीय समाजसेवी हरि भण्डारी, निर्माता रामप्रसाद गौतम, संगीतकार समाजसेवी इशा ढंगाना, सुकदेव नेपाली, योगराज पौडेल, दिनेश कुँवर, रजनी केसी, विशेष अथितिमा रहेर अवार्ड तथा सम्मान वितरण गरेका थिए । चन्द्रज्योती फिल्म प्रालिका स्थानीय संगीतकार निर्माता चन्द्रज्योती ढुंगानाको सभापति र बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आरके) को अध्यक्षतामा भव्यरुपमा सम्पन्न भएको नेसनल बक्स अफिस सर्ट फिल्म अवार्डको गरिमामय अवार्ड शोमा सहआयोजक ग्लोबल एक्ट्रेस फेडेरेशन (विश्व कलाकार महासंघ) को उद्देश्य र दीर्घकालीन योजनाबाट प्रभावित भएर प्याब्सनका महासचिव आर बि कटुवाल, हिमालय जंग कटुवाल, चितवनका युवा व्यवसायी महेश लामिछाने, निर्माता व्यवसायी रत्नबाहादुर डंगोल, नायिका प्रतीक्षा खड्का, सम्पादक जोन राई, नायिका अनुजा लोप्चन, पत्रकार सिला वाग्ले, निर्माता नरेन्द्र निम्बुहाङ, नायिका अनुजा लोप्चा, गायिका सिमिता तामाङ, व्यवसायी यादव पतुवार, राजकुमार थापा, अनुज कार्की, बिष्णु बहादुर राई, लोकेन्द्र लिम्बु, निर्माता तथा निर्देशक राजेन्द्र ढकाल, विश्व श्रेष्ठ, मौसमी खरेल, देव दिर्जे लामा, सूर्य तामाङ, सुरज लामा, विश्वनाथ तामाङलगायत विभिन्न व्यक्तित्वहरु आजीवन सदस्यबाट सम्मानित भए ।

बक्स अफिसकै आयोजनामा अवार्ड आयोजनाको भोलिपल्ट पोखरा रंगशालामा आयोजना गरिएको भ्रष्टाचारविरुद्ध हाम्रो गोल आन्तरिक पर्यटनको प्रबन्ध गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय चलचित्र पत्रकार संघविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको एक दिवसीय मैत्रीपूर्ण फुटबल सप्पन्न भएको छ । प्रतियोगितामा राष्ट्रिय चलचित्र पत्रकार संघ र स्वतन्त्र पार्टीको उत्साहजनक सहभागिता रहेको थियो । फिफा रेफ्रीले ९० मिनेट नै खेल सञ्चालन गरेको प्रतियोगितामा राष्ट्रिय चलचित्र पत्रकार संघले राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशलाई १ गोलको विरुद्ध २ गोलले पराजित गरेको थियो । बिजेता टोली राष्ट्रिय चलचित्र पत्रकार संघले आकर्षक शिल्ड, प्रमाणपत्र, मेडल एक लाख ११ हजार प्राप्त गरेको छ भने पराजित टोली स्वतन्त्र पार्टीले मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल आयोजना अध्यक्ष आर के सुबेदीले बताए ।

प्रकाशित समय २२:५२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु