1100×100 Nabil Advert

साना बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्ने बताए ।

‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ । आम लगानीकर्ता साना–साना बचतकर्ताहरु छन् । उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने । उनले यससम्बन्धी नियम कानून अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए ।

पहिलेको तुलनामा ब्रोकरहरु बढेको कारणले प्रतिस्पर्धाको शुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

प्रकाशित समय ११:११ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु