४९ विद्यार्थीका लागि २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्ष रन्जित कुमार पोदारले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसनको सहकार्यमा ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पढाईमा राम्रो भएपनि आर्थिक अवस्थाको कमजोर भएकाहरुलाई शिक्षा दिने उद्देश्यले क्यान महासंघले यो स्कलरसिपको आवहन गरेको भन्दै त्यसमा पूर्ण सहयोग लर्ड बुद्ध एजुकेसनले दिएको बताए ।

उनले भने, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंँगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रवृति मार्फत् यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको हो । त्यसमध्ये ७ जनालाई कुनै शूल्क लाग्दैंन्, ७ वटा प्रदेशबाट एउटा प्रदेशबाट एकजना छात्राहरु छनोट गर्ने गरेको छ । २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

उनले क्यानले नेसनल आईसीटी स्कलरसिप विगत चार वर्षदेखि गर्दै आएको भन्दै यसवर्षको लागि पनि कमिटि निमार्ण र छनोट प्रक्रिया शुरु भएको बताए । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित समय १४:५६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु