आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेलेू एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै अफर सार्वजनिक गरेको छ । यही भदौ ८ देखी भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत् टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन् । साथै यस अफरमा सहभागी हुनुहुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निःशुल्क पनि जित्न सक्नु हुनेछ । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताउनुभयो ।
आइएमई पे को बारेमा : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्यौट नियमावली (२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाइल वालेट मार्फत् सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रकाशित समय १५:३६ बजे





















