हिमालयन म्युचुअल फण्ड योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने
काठमाडौं । नेपाली पूँजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्डअन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने भएको छ । यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।
सन १९९३ मा स्थापना भई विगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक लिमिटेड देशको अग्रणी वित्तीय संस्थामध्ये स्थापित हुन सफल रहेको छ । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामूहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पूँजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।
यस योजनाको प्रति इकाई अंकित मूल्य रु.१०/– को दरले १० करोड इकाईले हुन आउने कुल रकम एक अर्ब रुपैयाँ बराबरको हुनेछ जसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष प्रवद्र्घक, श्री हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईहरु स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा २०८० साउन ३२ गतेदेखि छिटोमा २०८० भदौ ४ र ढिलोमा २०८० भदौ १५ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला हुनेछ ।
‘हिमालयन ८०–२०’ नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पूँंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पूँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रीय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा सञ्चालन गरी लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि सञ्चालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।
प्रकाशित समय १४:४९ बजे





















