1100×100 Nabil Advert

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोका पदक विजेता खेलाडीलाई दुई गाउँपालिकाको सम्मान

रामेछाप । रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाले सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा विजयी रामेछापका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा खाँडादेवी गाउँपालिकाका स्वर्ण पदक विजेता निर्मल लामा, सुनापतिकी स्वर्ण विजेता विनीता थापा मगर, रजत विजेता रोशन घिसिङ, अनिल खड्का र शाहिद दोङलाई गाउँपालिकाले बुधबार स्वागत तथा सम्मान गरेको हो ।

भारतको हैदराबादमा सम्पन्न सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा खाँडादेवी गाउँपालिकाका निर्मल लामाले स्पाइरिङ तर्फ ५५–६० केजी तौल समूहको खेलमा स्वर्ण जितेका छन् । महिलातर्फ सुनापति गाउँपालिकाकी विनिता थापा मगरले स्पाइरिङ तर्फ ४५–५० केजी तौल समूह स्वर्ण जितिन ।

प्रतियोगितामा खाँडादेवीका रोशन घिसिङ स्पाइरिङ तर्फ ५०–५५ केजी तौल समूहमा रजत पदक जितेका थिए । यस्तै, सुनापतिका अनिल खड्काले स्पाइरिङ तर्फ ६०–६५ केजी तौल समूहमा र साहिल दोङले रजत पदक जितेका थिए ।

प्रतियोगितामा विजयी रामेछापका खेलाडी तथा प्रशिक्षकलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछाने, पूर्व गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता पुष्करकुमार कार्की, नेपाल खेलकुद महासंघ रामेछापका अध्यक्ष तेज घिसिङ, स्थानीयलगायतले खेलाडीलाई स्वागत र सम्मान गरेका थिए ।

साथै सुनापति गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाई, प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरे ।

प्रकाशित समय १५:०५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु