1100×100 Nabil Advert

प्रतिपक्षले बोल्न थाल्नेबित्तिकै सत्तापक्षले संसद्मा अवरोध गर्न थालेको छ : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सुन प्रकरणमा सत्य उजागर होला भन्ने डरले सत्तापक्षले संसदमा समेत बोल्न नदिएको आरोप लगाएका छन् । काठमाडौंमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष–परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सुन प्रकरणमा सत्य बाहिर आउला भन्ने डरले सत्ता पक्षले प्रतिपक्षले बोल्न थाल्नेबित्तिकै संसद्मा अवरोध गर्न थालेको तर्क गरे ।

सोही कार्यक्रममा कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले राजनीतिक पूर्वाग्रह छोड्ने हो भने भोलिदेखि नै संसद चल्छ भनेको सन्र्दभमा उनले भने ‘अघि विश्व प्रकाशजीले राख्नु भो हामी पूर्वाग्रही प्रतिशोधी छौ भनेर अब यो सुन तस्करी काण्डमा प्रतिपक्षले बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारतको युद्धमा अस्वस्थामा हतोहत् नर माकुन्नर चैव भन्ने पछिल्लो वाक्य सुन्नै दिएन, अहिले त्यही गर्छ सत्ता पक्ष । हामी यसो बोल्न थालेपछि बसै उठेर डङडङडङडङडङ नगरा बजाएर सत्य उजागर होला भनेर पहिले बोल्न दिंदैन अनि व्यवधान गर्छ ।’

उनले आफूले राम्रो काम गर्दा समेत जस नपाएको भन्दै कैले त राजनीति नै छोड्दिउँ कि भन्ने झोक चल्ने गरेको बताए । ‘जति राम्रो काम गरेपनि हन्डर मात्रै खाको देख्दा, राजनीति साजनीति छोडेर यही लेख्ने पढ्ने मात्रै काम गरौं जस्तो लाग्छ । तर त्यसरी मात्रै पनि समाज चाही सुधार्न सकिँदैन । त्यसकारण राजनीतिलाई ठीक नपारीकन त अरु ठीक हुँदैन । अहिले देश बिग्रेको किन ? अप्ठ्यारो भाको सबैको मनमा असन्तुष्टि छ । राजनीतिलाई सच्याएर लैजाऔं’ उनले भने ।

 

प्रकाशित समय १९:४४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु