1100×100 Nabil Advert

पाशुपत क्षेत्रको भण्डारखालमा डोजर चलाएपछि व्यापारीहरु आक्रोशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिक्षेत्रको भण्डारखालमा डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरु भत्काएको हो । महानगरपालिकाले हिजो २४ घण्टाको लागि सूचना जारी गरेको थियो । आज पनि २ घण्टा अगाडि नै सामानहरु हटाउन सूचना दिएपछि डोजर चलाएको हो ।

उक्त क्षेत्रमा व्यापार गर्दै आएका स्थानीय सूर्यबहादुर कार्कीले यसरी डोजर चलाएर देशको विकास हुँदैन भन्दै महानगरपालिका प्रमुख बालेन शाहलाई चुनौती दिए । उनले यसरी डोजर चलाउँनु गलत भएको भन्दै पशुपतिमा पाउने पर्यटकको सेवा सुविधा खोसिने तर्क गरे । उनले भने– ‘म बालेन साहलाई चुनौती दिन चाहन्छु यसरी प्रगति हुँदैन, भत्काउने भनेपछि भूत सवार हुन्छ उहाँमाथि जस्तो लाग्छ । उहाँले कतिपय ठाउँमा राम्रो काम गर्नुभएको छ । मन्दिरमा आउने मानिसलाई खाजा खुवाउने ठाउँ चाहिँदैन ? उहाँको नजरमा राम्रो होला तर सय प्रतिशत ठीक छैन, यसरी देशको विकास हुँदै हुँदैन ।’

यस्तै अर्की सटर सञ्चालिका संगीता कालाकोटीले महानगरले एकदमै छोटो समयमा नै घर भत्काएर आफूहरुको बिचल्लीमा परेको गुनासो गरिन् । ठेकेदारहरुले गरेको गल्तीको भागेदार आफू हुनु परेकोमा चिन्ता व्यक्त गरिन् । उनले भनिन्– ‘ठेकदारले पैसा नबुझाएको र नक्सा पास नभएको रहेछ, हामीले ठेकेदारलाई पैसा तिरेको हो, ठेकेदारले दिएनछ । हामीलाई कम्तिमा ७ दिनको समय दिएको भए सामानहरु सार्न सजिलो हुन्थो अब यो झरीमा कहाँ जानु के गर्नु गाह्रो भयो, नराम्रो लागिरहेको छ सारै ।’

प्रकाशित समय २०:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु