1100×100 Nabil Advert

करातेका अन्तर्राष्ट्रिय खेलाडी आर्यन रञ्जित रोसाको ब्रान्ड एम्बासेडर नियुक्त

काठमाडौं । रोसा ट्राभल्स एन्ड टुर्स प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडी आर्यन रञ्जितलाई शुक्रबार ब्रान्ड एम्बासेडर नियुक्त गरेको छ ।

रोसाका प्रबन्ध निर्देशक सागर विष्टले आर्यनलाई ब्रान्ड एम्बासेडरको पत्र आर्यन अध्ययनरत क्यामेलिया स्कुलमा प्रिन्सिपल रुद्रमणि अधिकारीको उपस्थितिमा प्रदान गरे । रोसाले शुक्रबारबाट नै लागू हुने गरी दुई वर्षसम्मका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आर्यन रञ्जित सहभागिता जनाउन जाँदा लाग्ने सम्पूर्ण हवाई शुल्क प्रायोजन गर्ने सम्झौता पत्र साथै नगद पुरष्कार प्रदान गर्ने छ ।

प्रबन्ध निर्देशक विष्टले खेलाडीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा विधालयका प्रिन्सिपल रुद्रमणि अधिकारीले आर्यन रञ्जितलाई कराते खेलको पोशाक तथा खेल सामग्री हस्तान्तरण गरे ।

प्रकाशित समय १७:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु