1100×100 Nabil Advert

सभापति देउवा र अर्थमन्त्री महत मिलेर सांसद शर्मालाई फसाए : व्यवसायी प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् । बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् ।

दुर्गा प्रसाईले भने,‘ सुनिल शर्मालाई फसाउँने शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थ मन्त्रीको पूरा हात छ । म अर्थमन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केहि हुनेवाला छैन् । मिन बहादुर जस्ता दुर्गा प्रसाई जस्ता मानीसहरु धेरै छन् ।’ उनले मारवारीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीति नेपाली कांगे्रसको रहेको जिकिर गरे । सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि आजै पक्राउ गरेको हो ।

प्रकाशित समय १३:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु