1100×100 Nabil Advert

देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु बाहिरिए : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले देशभित्र रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवाहरु विदेशिने क्रम जारी रहेको बताएका छन् । काठमाडौंको नेकपा माओवादी पार्टी कार्यलयमा आयोजित प्रवक्ता र पत्रकारबीच भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले युवाहरु बाहिरिएको प्रसंग मर्माहत पार्ने खालको रहेको बताए ।

 

उनले भने ‘युवा बाहिरिएका छन् भन्ने कुरा सबै जानेको कुरा हो । उसै त छाती कमलो झनै घोप्यो झिरैले भने जस्तो । यसै त मर्माहात पार्ने खालको छ । रोजगारीका वातावरण सिर्जना गरेका छैनौं ।’ प्रवक्ता सापकोटाले विदेश पलायन रोक्ने भाषण धेरै भएको तर, काम नभएको चर्चा गर्दै भने ‘यो देशलाई सकेसम्म मातृभुमिको दोहन गर्ने मान्छेहरु नै आज अन्त गएर यहाँ च्यालेन्ज गर्दै छन् । अन्त गएर यहाँ च्यालेन्ज गर्ने हैन् । काम गरेर देखाउने हो ।’ उनले युवा पलायन हुने विषयप्रति आफु गम्भीर भएको पनि बताए ।

प्रकाशित समय १६:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु